४ असार, भक्तपुर – भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ । गएराति ११ः३० बजेबाट सुरु भएको आगो आइतबार बिहानमात्र नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास गरेका थिए । उद्योगमा के कारणले आगो लाग्यो र कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ ।