Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

सुरक्षाकर्मीको गोलीबाट दुई जनाको मृत्यु

Saturday, June 17, 2017 National Power

३ असार, काठमाडौं  -आफ्नो भाषा र स्वतन्त्रताको माग राखी दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएको छ ।

 

प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ भने घटनामा दुई समर्थकको मृत्यु भएको गोजमोका सचिव विनय तामाङले बताएका छन् ।

घटनामा आईआरबीका किरण तामाङको पनि मृत्यु भएको बताइएपनि पुष्टि भएको छैन तर सुरक्षा अधिकारीहरुले भने उनको मृत्यु भैसकेको बताएका थिए । तर, पश्तिम बंगालका मुख्यमन्त्री ममत बनर्जीले उनी जिवितै रहेको तर, उनको अवस्था गम्भीर रहेको बताएकी छन् ।

यद्यपि दार्जीलिङ पोष्टले वताए अनुसार मृतकको संख्या ५ पुगेको छ । घटनामा दर्जनौं घाइते भएका छन् ।दार्जीलिङ अहिले पनि तनावग्रस्त छ ।

यता पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले भने कोलकत्तामा दार्जीलिङका जातीय बार्ढका प्रतिनिधिसँगको छलफलमा गोजमुमोको आतंकवादी संगठनसँग साठगाँठ रहेको बताएकी छन् ।

मोर्चाको संलग्नता उत्तरपूर्वी भारतका आतंकवादी संगठन र छिमेकी देशहरुसँग रहेको उनको दाबी छ ।