Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

प्रहरी चढेको बस आन्दोलनकारीद्वारा तोडफोड

Friday, June 16, 2017 National Power

२ असार, लहान – संविधान संशोधनको मुख्य मागसहित चार दिने आमहडताल गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले शुक्रबार बिहान सिरहाको गोलबजारमा प्रहरी चढेको बस तोडफोड गरेका छन्। प्रहरी चढेको ना.४ख १४४० नम्बरको डिलक्स बस पश्चिमबाट सुनसरीतिर आउँदै गरेको समयमा बिहान सवा ८ बजेतिर गोलबजारको मुख्य चोकदेखि करिब सय मिटर पूर्वतिर राजपा कार्यकर्ताहरुले ढुंगा प्रहार गरी तोडफोड गरेका हुन्। आन्दोलनकारीको ढुंगा लागेर बसको अघिल्लो भागको सिसा पूरै फुटेको छ। ढुंगा हान्नेमध्ये एकजनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।