Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

एसइईको नतिजा सार्वजनिक, १२ हजार २८४ ले ल्याए ए प्लस ग्रेड

Friday, June 16, 2017 National Power

२ असार भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

बिहान आठ बजे बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हो ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।

१२ हजार २ सय ८४ परीक्षार्थी ए प्लस शीर्ष ग्रेडिङमा परेका छन्। यसवर्ष एसइईका लागि ४ लाख ८३ हजार ९६७ जना विद्यार्थीले फारम भरेका थिए ।
जसमध्ये १०००६ जना परीक्षामा अनुपस्थित भएका थिए । परीक्षामा ४ लाख ६२ हजार ५६४ जना रेगुलर र १६ हजार ५७२ जना एक्जाम्टेडतर्फ उत्तिर्ण भएका छन् ।

नतिजा हेर्ने तरिका
माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नजिता प्राप्त गर्न का लागि टेलिफोन, एसएमएस र वेबसाइटको व्यवस्था भएको पनिकाले जनाएको छ ।

नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर एनसेल प्रा.ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms पठाउने । आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६, वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms पठाउने । यस्तै उज्यालोको sms सेवा SEE टाइप गरेर सिम्बोल नम्बर टाइप गरी ३५५६६ मा sms गरेर रिजल्ट हेर्न सकिन्छ ।