Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

२ नं प्रदेशको निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति

Friday, June 16, 2017 National Power

 

२ असार, काठमाडौँ – नेकपा एमालेले यही असार १४ गतेका लागि प्रदेश नं १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नं २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरेको छ ।

पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा पटक पटकका वार्तामा आफ्नो दलले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दिदै आएको बताउँदै २ नं प्रदेशको निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरे।

सुरुमा एकै चरणमा गत वैशाख ३१ का लागि निर्धारित मितिमध्ये चार प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै पार्टीले शङ्काका दृष्टिले हेरेको उल्लेख गर्दै उनले असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित भएको घटनाक्रमले पुष्टि गरेको आरोप लगाए ।

विज्ञप्तिमा भनिएको छ, “प्रदेश नं २ मा निर्वाचन पछि सार्ने कदमले त्यहा“का जनताको आफ्ना प्रतिनिधि आफैँ छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्‍याएको छ ।”

प्रदेश नं २ मा पार्टीका नियमित काम अघि बढाउन मातहत कमिटीलाई निर्देशन दिदै पार्टीले प्रदेश नं १, ५ र ७ मा असार १४ गते हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्न जनसमुदाय, पार्टी मातहत कमिटी तथा नेता–कार्यकर्तालाई आह्वान गरेको छ ।