Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

डडेल्धुरालाई मदिरा निषेधित क्षेत्र घोषणा

Friday, June 16, 2017 National Power

२ असार, डडेल्धुरा – दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुरालाई बिहीबारदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यही असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन सम्पन्न नभए सम्मका लागि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ९३ को खण्ड क बमोजिम जिल्लाभरि नै मादक पदार्थ निषेधित क्षेत्र घोषणा गर्न आदेश जारी गरिएको हो ।कसैले कानून उल्लंघन गरेमा कानून बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचन २०७४ का सन्दर्भमा शान्तिसुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरबाट निर्वाचन सम्पन्न गर्न गराउनका लागि जिल्ला भरि नै मदिरा निषेधित गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले यस अघि नै जिल्ला सदमुकामका होटेलहरुलाई पनि आज देखि मदिरा विक्री वितरण नगर्न निर्देशन दिई सकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिएका छन् ।जिल्ला प्रहरी कार्यालयले शंका लागेका होटेलमा जुन सुकै समयमा पनि अनुगमन गर्न सक्ने जनाएको छ । रात्रीकालिन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सार्वजनिक सुरक्षामा असर पार्ने गतिविधि हुन नदिन मदिरा निषेध गरिएको हो ।