Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

डडेल्धुरालाई मदिरा निषेधित क्षेत्र घोषणा

Friday, June 16, 2017 National Power

२ असार, डडेल्धुरा – दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुरालाई बिहीबारदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यही असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन सम्पन्न नभए सम्मका लागि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ९३ को खण्ड क बमोजिम जिल्लाभरि नै मादक पदार्थ निषेधित क्षेत्र घोषणा गर्न आदेश जारी गरिएको हो ।कसैले कानून उल्लंघन गरेमा कानून बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचन २०७४ का सन्दर्भमा शान्तिसुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरबाट निर्वाचन सम्पन्न गर्न गराउनका लागि जिल्ला भरि नै मदिरा निषेधित गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले यस अघि नै जिल्ला सदमुकामका होटेलहरुलाई पनि आज देखि मदिरा विक्री वितरण नगर्न निर्देशन दिई सकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिएका छन् ।जिल्ला प्रहरी कार्यालयले शंका लागेका होटेलमा जुन सुकै समयमा पनि अनुगमन गर्न सक्ने जनाएको छ । रात्रीकालिन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सार्वजनिक सुरक्षामा असर पार्ने गतिविधि हुन नदिन मदिरा निषेध गरिएको हो ।