Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

बेलायतकी प्रधानमन्त्रीले लण्डनको २४ तले टावरमा आगलागीको छानबिन गर्ने आदेश

Friday, June 16, 2017 National Power

२ असार – बेलायतकी प्रधानमन्त्री टेरेजा मे ले पश्चिम लण्डनको एक भवनमा भएको आगलागीबारे छानबिन गर्न आदेश दिएकि छिन ।

आगलागीलाई दुःखान्त भन्दै प्रधानमन्त्री मे ले घटनाबारे अनुसन्धान हुनुपर्ने बताएकि हुन । प्रधानमन्त्री मेले दुर्घटनास्थलको छोटो भ्रमण गर्दै यसबारे बृहत र सार्वजनिक रुपमा अनुसन्धान गर्न आदेश दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले टावरमा आगलागी हुँदा अहिलेसम्म १७ जनाको ज्यान गएको पुष्टि भएको छ । अग्नि नियन्त्रकले ६५ जनाको उद्धार गरेका बिबिसीले जनाएको छ । आगलागीको कारण अझै थाहा भएको छैन ।