१ असार, बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । बैतडीको सुल्यखानबाट कुस्माघाटका लागि छुटेको से १ त ११५८ नंबरको जीप सडकबाट खस्दा दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान जानेमा जीप चालक कैलालीका शिवराज चौधरी र बैतडीको शिवनाथ गाउँपालिकाका लालसिंह महता रहेका छन् । दुर्घटनामा घाइते भएका हरिदत्त भट्टको उपचार भइरहेको छ । गुडिरहेको बेलामा टायर पञ्चर हुँदा जीप पल्टिएको प्रहरीले जनाएको छ ।