Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, २ घाइते

Thursday, June 15, 2017 National Power

१ असार, गुल्मी – गुल्मीमा कांग्रेस र एमालेबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।गएराति दरवार गाउँपालिका–४ को बिरवासमा झडप हुँदा स्थानीय ३४ वर्षीय सुर्यबहादुर पल्ली र ओमबहादुर रजाली घाइते भएका हुन् ।

घाइते दुबैजनाको टाउकोमा चोट लागेको जिल्ला अस्पताल तम्घासले जनाएको छ ।झडपमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजनीतिक प्रतिशोध, मादक पदार्थ सेवन र पुरानो रिसिवीको कारण झडप भएको हुनसक्ने बताए ।

एमाले जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण सुनारले कांग्रेस कार्यकर्ताहरुले नियोजित रुपमा आफ्ना कार्यकर्ताहरुलाई आक्रमण गरेको आरोप लगाए ।नेपाली कांग्रेस बिरवासका उमेदवार भुपेन्द्र कँडेलले भने एमालेको आरोपको खण्डन गरे । राजनैतिक प्रतिशोध नभएर विवादमा धकेला धकेल हुँदा दुई जना घाइते भएको बताए ।