Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

६ वटा स्थानीय तहलाई अति संवेदनशील घोषणा

Thursday, June 15, 2017 National Power

१ असार, रुपन्देही – रुपन्देहीका ६ वटा स्थानीय तहलाई अति संवेदनशील घोषणा गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले दक्षिणी क्षेत्रका लुम्विनी साँस्कृतिक नगरपालिका तथा कोटरीमाई, मर्चवारी, मायादेवी, रोहिणी र समरीमाई गाउँपालिकालाई अति संवेदनशील क्षेत्रको सूचिमा राखेको हो ।

भारती सीमा क्षेत्रमा रहेका यी सबै स्थानीय तह आन्दोलनरत दल राजपाको प्रभाव क्षेत्रको रुपमा छन् । सैनामैना, देवदह तथा सिदार्थनगर नगरपालिकाका साथै सियारी, ओमसतिया, कञ्चन र गैडहवा गाउँपालिकालाई संवेदनशीलको सूचिमा राखेको सुरक्षा समितिको बैठकले बुटवल उपमहानगरपालिकालाई भने सामान्यको सूचिमा राखेको छ । रुपन्देहीमा एक उपमहानगरपालीका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह छन् ।