Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

विप्लवका दुई कार्यकर्ता पक्राउ

Thursday, June 15, 2017 National Power


१ असार, दमक – चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडको सहयोगमा बिप्लवका दुई कार्यकर्तालाई बुधबार साँझ प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा पार्टीका मेची ब्युरो इञ्चार्ज सुमन लिम्बु र जिल्ला सेक्रेटरी तारा थापा रहेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख डिएसपी केशव थेवेले जानकारी दिए। उनीहरुले निर्वाच विरुद्ध गतिविधि गरेको, सर्वसाधारणमा चन्दा आतंक मचाएको लगायत आरोप रहेको थेपेले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको थेपेले जानकारी दिए। नेकपाले जिल्लाका विभिन्न ठाउँमा चुनाव विरोधी पर्चा टाँस्ने, सरकारी कार्यलयहरूमा जनसत्ता भन्दै होर्डिङ बोर्डहरु फेर्ने काम गरिरहेको जनाएको छ।