Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विप्लवका दुई कार्यकर्ता पक्राउ

Thursday, June 15, 2017 National Power


१ असार, दमक – चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडको सहयोगमा बिप्लवका दुई कार्यकर्तालाई बुधबार साँझ प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा पार्टीका मेची ब्युरो इञ्चार्ज सुमन लिम्बु र जिल्ला सेक्रेटरी तारा थापा रहेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख डिएसपी केशव थेवेले जानकारी दिए। उनीहरुले निर्वाच विरुद्ध गतिविधि गरेको, सर्वसाधारणमा चन्दा आतंक मचाएको लगायत आरोप रहेको थेपेले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको थेपेले जानकारी दिए। नेकपाले जिल्लाका विभिन्न ठाउँमा चुनाव विरोधी पर्चा टाँस्ने, सरकारी कार्यलयहरूमा जनसत्ता भन्दै होर्डिङ बोर्डहरु फेर्ने काम गरिरहेको जनाएको छ।