Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

म्यादी प्रहरीलाई खानेपानी र शौचालयको समस्या

Thursday, June 15, 2017 National Power

१ असार, बैतडी – बैतडीमा कार्यरत म्यादी प्रहरीलाई खानेपानी र शौचालयको समस्या भएको छ । सदरमुकाममा खटिएका एक सय म्यादी प्रहरीले पिउने पानीको समेत अभाव भएको गुनासो गरेका छन् ।
नुहाउन र लुगा धुनका लागि दुई किलोमिटर टाढाको नौला (पानीको सानो पोखरी) जाने गरेको म्यादी प्रहरीले बताए ।
पहिले नै पानीको समस्या भइरहेकाले म्यादी पनि थपिएपछि चरम अभाव भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सदरमुकाम गढीमा रहेको दशरथचन्द नगरपालिकाको पुरानो भवनमा म्यादी प्रहरीलाई राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यहाँ शौचालय भवन भत्काइसकेकोले उनीहरू शौच गर्न नजिकै रहेको मालपोत कार्यालय जाने गरेका छन् । सय जनाले एकै शौचालयको प्रयोग गर्ने भएकाले लामो लाइनमा बस्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाई छ । सुरुमा मालपोतको पुरानो भवनमा रहेका म्यादी प्रहरीलाई अहिले नगरपालिकाको जीर्ण भवनमा सारिएको छ । महिला म्यादी प्रहरीको लागि गढीमै हल भाडामा लिएर बस्ने व्यवस्था मिलाइएको छ ।