Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कक्षा ११ को परीक्षा आजदेखि सुरु

Thursday, June 15, 2017 National Power

१ असार, भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको परीक्षा बिहान ७ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । असार १० गतेसम्म संचालन हुने परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षामा नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ १ लाख ९९४ गरि देशभरबाट कुल ४ लाख ४९ हजार ५४ जना विद्यार्थी सहभागी भएका छन् । जसमध्ये छात्रको संख्या २ लाख ११ हजार ८२२ र छात्राको संख्या २ लाख ३७ हजार १७२ रहेको छ ।
सबै भन्दा धेरै परीक्षार्थी काठमाडौंमा ६४ हजार ५६४ र सबै भन्दा कम मुस्ताङ्मा ९३ जना छन् । काठमाडौंमा १११ र मनाङ् र मुस्ताङ्मा १–१ केन्द्र निर्धारण गरिएको छ ।
हरेक परीक्षा केन्द्रमा एक एक जना केन्द्राध्यक्ष, १ हजार ९६० जना सहायक केन्द्राध्यक्ष, २२ हजार ९१३ जना निरीक्षक, १ हजार ५७४ जना कर्मचारी, २ हजार १७५ कार्यालय सहयोगी र ११ हजार ९१६ जना सुरक्षाकर्मी गरी कुल ४१ हजार ५३२ जना परिचालन गरिएको नियन्त्रक बतासले बताए ।