Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

कक्षा ११ को परीक्षा आजदेखि सुरु

Thursday, June 15, 2017 National Power

१ असार, भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको परीक्षा बिहान ७ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । असार १० गतेसम्म संचालन हुने परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षामा नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ १ लाख ९९४ गरि देशभरबाट कुल ४ लाख ४९ हजार ५४ जना विद्यार्थी सहभागी भएका छन् । जसमध्ये छात्रको संख्या २ लाख ११ हजार ८२२ र छात्राको संख्या २ लाख ३७ हजार १७२ रहेको छ ।
सबै भन्दा धेरै परीक्षार्थी काठमाडौंमा ६४ हजार ५६४ र सबै भन्दा कम मुस्ताङ्मा ९३ जना छन् । काठमाडौंमा १११ र मनाङ् र मुस्ताङ्मा १–१ केन्द्र निर्धारण गरिएको छ ।
हरेक परीक्षा केन्द्रमा एक एक जना केन्द्राध्यक्ष, १ हजार ९६० जना सहायक केन्द्राध्यक्ष, २२ हजार ९१३ जना निरीक्षक, १ हजार ५७४ जना कर्मचारी, २ हजार १७५ कार्यालय सहयोगी र ११ हजार ९१६ जना सुरक्षाकर्मी गरी कुल ४१ हजार ५३२ जना परिचालन गरिएको नियन्त्रक बतासले बताए ।