Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

दैलेख दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत

Thursday, June 15, 2017 National Power

१ असार, दैलेख – दैलेखको आठवीस नगरपालिका–४ खिड्कीजिउलाको नैनेलस्थानमा बुधबार बस दुर्घटना हुँदा ज्यान गुमाएका ११ जनाको सनाखत भएको छ । कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नं.को बस दुर्घटना भएको थियो ।
दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा सिंहा नेपाली – विनायक नगरपालिका अछाम, रुपा नेपाली – विनायक नगरपालिका अछाम,धिरेन्द्र विसी – भैरवस्थान, अछाम ,युवराज शाही – राजकोट नगरपालिका–६, कालिकोट,सुनिल शाही – शान्नित्रिवेणी गाउँपालिका कालिकोट,धर्मराज शाही – रासकोट नगरपालिका–५, कालिकोट, प्रकाश शाही – रासकोट नगरपालिका–५, कालिकोट कविता शाही – रासकोट नगरपालिका–५, कालिकोट, मेनका फर्साल – रासकोट नगरपालिका–६, कालिकोट होइजाली सुनार – शान्नित्रिवेणी–६, कोलिकोट, मंगल कसेरा – बाजुरा,दुर्घटनामा हामफालेर ज्यान जोगाएका चालक प्रेम सुनार र सहचालक प्रेमबहादुर सिंह दुर्घटना लगतै दौडेर राकम प्रहरी चौकीमा पुगेका थिए । चालकले अघिल्लो टायर चिप्लियर नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताएका छन् ।

दुर्घटनामा घाइतेमध्ये दुईजनालाई हेलिकप्टर र अरु ९ जनालाई एम्बुलेन्सबाट सुर्खेत र नेपालगञ्ज लगिएको छ । अन्तय सातजना घाइतेको ७ राकममै उपचार भइरहेको प्रहरीले जनाएको छ।