३१ जेष्ठ, दैलेख – दैलेखको आठबिस नगरपालिका ४ अन्तर्गत नैनाल सडक खण्डबाट कर्णाली नदीमा बस खस्दा १० जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दुर्घटनास्थलमा उद्धार जारी छ भने मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।