Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ

Wednesday, June 14, 2017 National Power

३१ जेठ, पाँचथर – पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन । पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पीडितले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी थिइन् । बाबुले छोरीलाई विगतदेखि नै पटक–पटक बलात्कार गर्दै आएको पीडितले बताएको प्रहरीले जनाएको छ ।पीडितकी आमाले पाँच वर्षअघि दोस्रो विवाह गरेपछि घरमा बाबु छोरी मात्रै बस्दै आएका थिए । बाबुले पटक÷पटक बलात्कार गर्दै आएको भएपनि पीडित बालिकाले बाबुको डर तथा लाजले आफन्त, छिमेकी तथा प्रहरीलाई खबर गरेकी थिइनन् । तर, पछिल्लो पटक मादकपदार्थ सेवन गरी आएका बाबुले बलात्कार गर्नुका साथै धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

टाउकोमा चोट लागेकी पीडित बालिकाले पीडा सहन नसकेर आफन्त तथा छिमेकीको सहयोगमा उजुरी गरेको प्रहरीले बताएको छ । पीडित बालिकाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाबुलाई हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।