Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

प्रहरी र बन्द आह्वानकर्ता राजपाबीच झडप हुदा एक प्रहरी घाइते, राजपाका ३ कार्यकर्ता पक्राउ

Wednesday, June 14, 2017 National Power

३१ जेठ, रौतहट – गौरको सिसुवाचोकमा प्रहरी र बन्द आह्वानकर्ता राजपाबीच झडप भएको छ । झडपमा एक प्रहरी जवान घाइते भएका छन् भने मोर्चाका तीन कार्यकर्ता पक्राउ परेका छन् ।

झडपका कारण सिसुवाचोकको अवस्था तनावग्रस्त भएको छ । मोर्चाका कार्यकर्ताहरुले प्रहरी सवार भारतीय नम्बरको गाडी तोडफोड गर्दा झडप भएको हो । झडपमा घाइते प्रहरी जवानको एउटा हात भाँचिएको छ । घाइते प्रहरी जवानको नाम खुलाइएको छैन । मोर्चाका तीन जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । पक्राउ पर्नेहरुमा रामेश्वर यादव, कमलेश सिन्हा र बच्चा यादव रहेका छन् ।

गौरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको तैनाथी बढाइएको छ । म्यादी प्रहरीहरुलाई पनि सुरक्षामा परिचालन गरिएको छ ।चुनाव बहिस्कारको निर्णय गरेको राजपाले चारदिने बन्द आह्वान गरेको छ । बन्द अवज्ञा गरेको भन्दै राजपाले ना ३ ख ५६२२ नम्बरको यात्रुबस तोडफोड गरेका छन् । बन्दको दोस्रो दिन रौतहटको जनजीवन प्रभावित भएको छ ।