Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

राजपालाई मनाउन मुख्य दलहरुबिच आज पनि छलफल हुने

Wednesday, June 14, 2017 National Power

३१ जेठ, काठमाडौं – असार १४ गते हुने स्थानीय तहको चुनावमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा दलहरुबिच बुधबार पनि छलफल हुँदैछ ।

चुनावअघि संविधान संशोधन हुनुपर्ने अडान लिएको राजपालाई मनाउन मुख्य दलहरुबिच छलफल हुन लागेको हो । राजपाले चुनावमा सहभागी हुने लिखित प्रतिबद्धता जनाए प्रदेश नं. २ र ५ को चुनाव फेरि सार्न सकिने सत्तारुढ दलहरुको संकेत छ ।

मंगलबार सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम तथा प्रमुख विपक्षी एमालेका शीर्ष नेताको बैठकमा राजपाले उठाउँदै आएको मागको विषयमा छलफल भएको थियो । राजपाले लिखित प्रतिबद्धता जनाएमा चुनावपछि संविधान संशोधन लगायतका माग पूरा गर्न ठूला दल पनि लिखित प्रतिबद्धता जनाउन तयार भएका छन् ।

राजपा चुनावमा आउन तयार भएमा असार १४ मा तोकिएको मिति केही दिन सार्न या प्रदेश नं. २ र ५ को चुनाव तेस्रो चरणमा गर्नेबारे पनि छलफल भएको छ । तर प्रमुख विपक्षी एमालेले कुनै हालतमा पनि चुनाव सार्न नहुने बताउँदै आएको छ । चुनावको वातावरण बनाउने विषयमा राजपासहित मुख्य दलहरुको बैठक बुधबार दिउँसो बोलाइएको छ ।