Friday 27th November 2020

    बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको शसक्त अभिनय (भिडियो सहित)    हाम्रो नाराले दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ : सुबोध कुमार गुप्ता    एक वर्षका २६ एकादशी, कुन व्रत केका लागि बसिन्छ ?    महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु    बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

बझाङका नगरभित्रै खाने पानीको हाहाकार

Tuesday, June 13, 2017 National Power


जेठ ३०, बझाङ,  –  मान्छेको सोच हुन्छ– नगरपालिका भएपछि जनताले पाउने सेवा सुविधा र विभिन्न विकासका पूर्वाधारको छिटो विकास हुन्छ भनेर । तर बझाङको जयपृथ्वी नगरपालिकाभित्रकै कुनै गाउँ यस्ता छन् कि जहाँ पाँच लिटर पिउने पानीका लागि तीन घन्टा पैदल हिँडेर गुजारा चलाइरहेका छन् ।

विसं २०७१ मा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको नामबाट नामाकरण गरी घोषणा गरिएको जयपृथ्वी नगरपालिकाका ग्रामीण भेगमा रहेका स्थानीय बासिन्दाका लागि नभई नगरभित्रकै हुनेखाने र अधिकृतकै लागि स्थापना गरेकोजस्तो लागेको जयपृथ्वी नगरपालिका–८ बारिल गाउँका स्थानीय बासिन्दा धनलाल बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो “हामीबाट सानो किराना पसलको कर पनि सदरमुकाममा रहेका ठूला पसलकै बराबरी कर लिने गरेका छन् । नगर विकासका लागि आएको रकम सबै नगरपालिकाको आसपासमा रहेका गाउँमा र पहँुचवालाको गाउँमा मात्र विकासका योजना दिने गरेको छ, नगरपालिकाले हामी विकट गाउँका स्थानीयलाई कर तिर्न धौधौ छ तर गाउँको हालत भनेको उही पुरानै छ, हामीलाई नगरवासी भन्नु सरम लाग्ने अवस्था रहेको छ ।”

विसं २०५२ मा जिल्ला खानेपानी डिभिजन कार्यालयबाट लागु भएको बारिल खानेपानीको मुहान गाउँभन्दा ११ किलोमिटर टाढा भएकाले सो योजना पनि कागजमै सीमित भएपछि पानी धारामा पुग्न नसकेको स्थानीय कैले बोहरा बताउछन् ।

जयपृथ्वी नगरपालिका–८ बारिल र यसैगरी जनपा–११ सुइलमयाना गाउँमा भने नगरपालिकाको आभाससमेत गर्नसकेका छैनन् मानव जीवनमा दैनिक आवश्यक पर्ने स्वच्छ खानेपानी त परै जाओस् खोलाको दूषित पानी पिउन पनि तीन घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । करिब एक हजार २०० घरधुरी रहेका यी गाउँमा न शिक्षाको उचित व्यवस्था छ, नत स्वास्थ्य नत खानेपानीको, विकासका पूर्वाधारमध्ये अन्य के हुन्छ गाउँलेलाई थाहै छैन ।

केही कुरा थाहा भएपनि हामी विकटका बासिन्दा भनेर हाम्रो कुराको सुनुवाई गर्न पनि पैसा लाग्लाजस्तो कार्यालयका कर्मचारीले गर्दै आएको जयपृथ्वी नगरपालिका–११ मयाना गाउँका स्थानीय बासिन्दा जोग्गीरी बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीबाट लिनुपर्ने कर भने विभिन्न तरिकाले ललाइफकाइ र धम्काई लिने गर्छन् तर हामीले पाउने सेवा सुविधामा भने आफ्नो बाकसबाट दिनुपर्ने भएजस्तो व्यवहार गर्दै आएका छन् ।” आजसम्म पनि हामी पिछडिएका पिछडिएकै छाँै हाम्रो मर्का नत राजनीतिक दलका नेता बुझ्छन्, नत कार्यालयका कर्मचारी, हामीलाई नगरपालिका काठमाडौँको सिंहदरबार जस्तै छ हामी विकासका सेवा कहिल्यै लिन सक्दैनौँ, हामीले भनेका कुराको पनि सुनुवाइ हुँदैन ।

नगरपालिका विकासका लागि भनेर वार्षिक करोडाँै रकम आउँछ, तर विकासका पूर्वाधार हेर्ने हो भने नगरपालिकाजस्तो पनि देखिँदैन दयनीय अवस्था छ । ग्रामीण बस्तीमा न मोटरबाटो छ नत अन्य कुनै सेवासुविधा छन् । नगरपालिकामा आएको विकास बजेट जनमुखी नभएर व्यक्तिमुखी बन्दै गएको हुनाले नगरको विकास हुन नसकेको जिल्लाका बुद्धीजीवीको भनाइ रहेको छ ।

यता जयपृथ्वी नगरपालिकाका कार्यकारी अधिकृत अम्मराज खत्रीका अनुसार यी गाउँ नजिकैका विकट गाउँ हुन् तर अब यी गाउँमै पुगेर विकासका योजना बनाउने छौँ, अबको स्थानीय सरकारले पनि ग्रामीण भेगमा रहेका स्थानीय जनतालाई समान अधिकार दिनेछ । नगरपालिकाबाट त्यस ठाउँका स्थानीय बासिन्दालाई केही पनि विभेद नगरेको कार्यकारी अधिकृत खत्रीले दाबी गर्नुभयो ।