Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

हिमपहिरोका कारण गङ्गापूर्ण ताल जोखिममा

Tuesday, June 13, 2017 National Power

जेठ ३०,मनाङ –  हिमालपारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिका वडा नं ६ मा रहेको गङ्गापूर्ण ताल दिनानुदिन साँघुरिँदै गएको छ ।

गङ्गापूर्ण हिमालको फेदीमा रहेको यो ताल हिमालको फेदीबाट आएको हिमनदीको हिउँ पग्लिएर पहिरो जाने गर्छ । यस्तो हिमपहिरोसँगै बगेर आउने ढुङ्गा माटोले ताल पुरिँदै गइरहेको छ । तालको वरिपरि रहेका हिमनदीका हिउँ पग्लिएर कालापत्थरहरु उजाड देखिन थालेका छन् । झनै हिमपहिरोबाट बगेर आएका बगरहरुले तालको शोभा घटाउनुका साथै तालको आकार साँघुरो पार्दै लगेको छ ।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक मनाङ गाउँ आएपछि दुईदिन आराम गर्दा यस तालको वरिपरि गएर हिमनदी र अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो हिमशृङ्खलाको अवलोकन गर्ने गर्छन् । यस्ता प्राकृतिक सम्पदाको जगेर्नामा राज्यको ध्यान पुग्नुपर्ने स्थानीयवासी बताउँछन् ।