Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

साउदीमा काम गर्ने नेपाली कामदारले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने

Monday, June 12, 2017 National Power

२९ जेठ, काठमाडौं – साउदीमा काम गर्ने नेपाली सहित अप्रवासी कामदारले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ । साउदीमा कार्यरत आप्रवासी कामदारका साउदीमै रहेका आफन्तले अब प्रत्येक महिना एक सदस्य बराबर १ सय रियाल ‘लेभि’ बुझाउनु पर्ने साउदीले जनाएको छ । यो नियम जुलाई १ अर्थात आगामी असार १७ गतेबाट लागु हुने साउदीले जनाएको छ ।

साउदीमा कार्यरत आप्रवासी कामदारको लागि भने प्रत्येक महिना २ सय रियाल सम्म ‘लेभि’ कम्पनीले नै बुझाउँदै आएको छ । सुरुमा एक सय रियाल ‘लेभि’ लिएपनि वर्षेनी यो रकम बढाउँने र सन् २०२० सम्म ४ सय रियाल लेभि पुर्‍याउने साउदीको लक्ष्य रहेको छ ।
देशको राजस्व वृद्धिको लागि भन्दै साउदीले यस्तो नियम ल्याएको हो । यो नियमको विषयमा निर्णय हुन बाँकी छ । अर्को वर्षबाट लागुहुने गरि सन् २०२० सम्ममा बढाउदै लैजाने योजना रहेको साउदीले जनाएको छ ।