Friday 16th April 2021

    इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने    'मिस टिन २०२१ प्रदेश १' को उपाधी साम्राज्ञी शर्माको हातमा    माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाई भयो, अब सह्य हुँदैन कारबाही गरिन्छः प्रधानमन्त्री ओली    असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण    समुन्नतद्धारा क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

 तीनजना नगरपालिका प्रमुखका उमेदवार एउटै वडाबाट

Monday, June 12, 2017 National Power


२९ जेठ, खोटाङ – दोस्रो चरणको निर्वाचनमा खोटाङमा नगरपालिका प्रमुख पदमा एउटै वडाका तीनजना उम्मेदवार बनेका छन् । रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख पदका लागि वडा नं ६ नेर्पाबाट तीन दलबाट तीनैजना प्रमुख पदका उम्मेदवार बनेका हुन् ।

नेकपा एमालेबाट दीपनारायण रिजाल, नेकपा माओवादी केन्द्रबाट दुर्गाजयन्ती राई र राप्रपाबाट निशान राई प्रमुख पदका लागि उम्मेदवार बनेका छन् । एउटै वडाबाट तीनजना प्रमुख पदका उम्मेदवार बनेपछि सबैको ध्यान वडा नं ६ मा परेको छ ।यद्यपि, एउटै वडामा तीनजना उम्मेदवार देखिए पनि जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १२ दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।

एमाले उम्मेदवार रिजाल विद्यार्थीबाट राजनीति सुरु गरी पछिल्लो समय गैरसरकारी संस्था चलाएर बस्नुभएको थियो । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी राई २०६४ सालको संविधानसभाको निर्वाचनमा समानुपातिक कोटाबाट सभासद् बनिसकेकी छन् भने २०७० सालको संविधानसभाको चुनावमा जिल्लाको १ नं क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवार भई पराजित भएका थिए ।राप्रपाबाट उम्मेदवार बनेएका राई राप्रपाका सक्रिय सदस्य तथा राष्ट्रिय पञ्चायतका उपाध्यक्ष पर्शुराम राईका छोरा हुन् । आ–आफ्नो पार्टीले टिकट दिएपछि तीनैजना उम्मेदवार आफ्नो पक्षमा बहुमत जुटाउन जनताको घरदैलोमा पुगिरहेका छन् ।