Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

विश्व बालश्रम दिवसको अवसरमा प्रभातफेरिको आयोजना

Monday, June 12, 2017 National Power

२९ जेठ, काठमाडौँ – १६ औँ विश्व बालश्रम दिवसको अवसरमा आज प्रभातफेरिको आयोजना गरिएको छ ।

श्रम विभागको नेतृत्वमा आयोजित सो प्रभातफेरि तीनकुनेबाट सुरू भएर नयाँ बानेश्वार, थापागाउँ हुँदै माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो ।

‘द्वन्द्व र विपद्मा बालबालिकालाई बालश्रमबाट मुक्त गरौँ’ भन्ने मूल नाराका साथ विश्वभरि मनाइएको विश्व बालश्रम दिवसको अवसरमा आयोजित ¥यालीमा सहभागीले ‘बालश्रम अन्त्य गरौँ’, ‘बालबालिकालाई माया गरौँ’ र ‘बालबालिका भविष्यका कर्णधार हुन्’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । सो अवसरमा विभागका महानिर्देशक भुवन आचार्यले बालश्रम अन्त्यका लागि चेतनामार्फत घरघरबाट सबैले पहल गर्नुपर्नेमा जोड दिए ।