Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दोस्रो चरणको चुनावको तयारी अन्तिम चरणमा

Monday, June 12, 2017 National Power

२९ जेठ, काठमाडौं – चारवटा प्रदेशमा आउँदो असार १४ गते हुने स्थानीय तह चुनावको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मीसहित आवश्यक सामग्री पुगिसकेको, दोस्रो चरणको चुनावका लागि आउँदो २ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ । यसका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गृह मन्त्रालयले जनाएको छ । प्रदेश नं। १, २, ५ र ७ का चारसय ६१ स्थानीय तहमा १४ गते चुनाव हुन लागेको हो । दोस्रो चरणको चुनावका लागि ११ हजार ९ सय भन्दा धेरै मतदान केन्द्र तोकिएका छन् ।
यसैबिच दल दर्ताको लागि छुटेकाहरुले निर्वाचन आयोगमा हस्ताक्षर बुझाउने आज अन्तिम दिन हो । राष्ट्रिय जनता पार्टी राजपालाई चुनावमा सहभागी गराउन निर्वाचन सम्बन्धी ऐन संशोधन गरेर हस्ताक्षर बुझाउने मौका दिइएको हो ।