२९ जेठ, रोल्पा – रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा एक वृद्धले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
घोडागाउँका ७४ वर्षका गणेश शाहले ६५ वर्षीया श्रीमती लक्ष्मी शाहको गएराति खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी चौकी खुङ्ग्रीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते वृद्धाको उपचारका क्रममा सोमबार बिहान भैरहवामा ज्यान गएको हो । गणेशलाई प्रहरीले पक्राउ गरेको छ ।