Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

५.४ रेक्टर स्केलको भूकम्पमा परी ८ जनाको मृत्यु

Monday, June 12, 2017 National Power

२९ बैशाख – चीनको शिन्जियाङ प्रान्तमा बिहीबार ५.४ रेक्टर स्केलको भूकम्प गएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । भूकम्पमा परी ८ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । भूकम्प स्थानीय समयअनुसार ५ बजेर ५८ मिनेटमा गएको थियो । भूकम्पको केन्द्र पामीरको पठारको दक्षिणपूर्वी भागमा रहेको समाचारमा उल्लेख छ ।

भूकम्पको भौगर्भिक केन्द्र आठ किलोमिटर गहिरो थियो । भूकम्पले गर्दा स्थानीय जनता आतंकित बनेकाले भागदौड मच्चिएको थियो । अहिले स्थानीय प्रहरी र सामाजिक कार्यकर्ताको सक्रियतामा राहत एवं उद्धारकार्य सुरु गरिएको छ । भूकम्पमा मृत्यु हुनेको संख्या थप बढ्ने सक्ने समाचारमा उल्लेख छ । प्रत्यक्षदर्शीहरूले भूकम्पपछि अनेकौं पराकम्पनहरू आइरहेको बताएका छन् ।