Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

दोश्रो चरणको चुनाव र उम्मेदवारबारे कांग्रेस र एमाले आज पनि आन्तरिक छलफलमा

Monday, June 12, 2017 National Power


२९ जेठ, काठमाडौं – दोश्रो चरणको चुनाव र उम्मेदवारबारे छलफल गर्न कांग्रेस र एमालेले सोमबार पनि आन्तरिक छलफल गर्दैछन् ।
प्रदेश नम्बर २ का महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार चयनका साथै चुनावी रणनीति बनाउन कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
बैठकमा राजपाले चुनावमा भाग नलिने बताइसकेको अवस्थामा अबको राजनीतिक अवस्था र चुनावी रणनीतिबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।यस्तै नेकपा एमाले स्थायी कमिटीको बैठक पनि बस्दैछ । दोश्रो चरणको चुनावको विषय नै बैठकको मुख्य एजेण्डा रहने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
बैठकमा राजपाले चुनावमा भाग नलिने बताएपछिको अवस्था, प्रदेश नम्बर २ का महानगरपालिका उपमहानगरपालिकामा उम्मेद्वार चयन, दोश्रो चरणको चुनावमा नेता कार्यकर्ताको परिचालन, विभिन्न दलबाट एमाले प्रवेश गरेका नेतालाई जिम्मेवारी दिने लगायत विषयमा पनि छलफल हुने उनले बताए । बैठक दिउँसो ३ बजेपछि एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।