Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

कालोझण्डा देखाएकोमा आयोगद्वारा खेद प्रकट

Monday, June 12, 2017 National Power

२९ जेठ, काठमाडौँ – निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवविरुद्ध  आइतबार सप्तरी जिल्लाको राजविराजमा नाराबाजी गरेको तथा कालोझन्डा देखाउनेजस्ता अशोभनीय एवम् अभद्र कार्य गरिएकोमा खेद व्यक्त गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयको आयोजनामा मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधि, सञ्चारमाध्यमका प्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मीलगायत निर्वाचनका सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा सहभागी हुँदा कार्यक्रमस्थल प्रमुख जिल्ला अधिकारीको बङ्गलातर्फ जाँदै गर्दा केही राजनीतिक दलका उच्छृङ्खल कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्तविरुद्ध नाराबाजी गर्ने तथा कालोझन्डा देखाउनेजस्ता अशोभनीय एवम् अभद्र व्यवहार देखाएकोप्रति आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले जिल्लास्थित प्रमुख जिल्ला अधिकारी तथा सुरक्षाकर्मीको सुझबुझपूर्ण कार्य एवम् राम्रो सुरक्षा व्यवस्थाको कारण सुव्यवस्थित तरिकाबाट कार्यक्रम सञ्चालन भएको जनाएको छ ।

तराई–मधेस जिल्लामा स्थानीय तहको निर्वाचनप्रति जनताको व्यापक उत्साह र निर्वाचनको सकारात्मक वातावारण बन्दै गएको अवस्थामा यस प्रकारका गतिविधिबाट लोकतान्त्रिक अभ्यासको माध्यमबाट आफ्ना जनप्रतिनिधि निर्वाचन गर्ने तथा जनप्रतिनिधिका रुपमा निर्वाचित हुने जनताको अधिकारलाई कुण्ठित पार्न खोज्नु अलोकतान्त्रिक एवम् अमर्यादित व्यवहार भएकाले यस प्रकारका गतिविधि नगरी निर्वाचनको सहज वातावरण बनाउने कार्यमा सहयोग पु¥याउन सम्पूर्ण सरोकारवालामा आयोगले आग्रह गरेको छ ।