Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

अज्ञात समुहद्धारा दूरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि आक्रमण

Monday, June 12, 2017 National Power

२९ जेठ, काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आइतबार बेलुका अनामनगरमा नचिनेका मानिसको समूहले आक्रमणको प्रयास गरेका छन ।

बेलुका ६ बजेतिर कार्यालयबाट घर फर्कँदै गर्दा मदन भण्डारी मेमोरियल कलेज नजिक मोटरसाइकलमा आएका केही युवाले उनी चढेको बा ६ च ५६१६ को गाडीमा आक्रमण गरेका थिए ।

‘मेरो गाडीमा उनीहरुले एकाएक रडले प्रहार गरे, गाडीमा पुरै क्षति भएको छ, पछाडीको भाग र सिसाहरू फुटेको छ” अध्यक्ष झाले भने ।  उनले घटनाबारे आफूले प्रहरीलाई जानकारी गराएको बताए ।