२८ जेठ, काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा आइतबार सुनुवाई हुँदैछ ।
मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि १९ नम्बर वडामा फेरि मतदान गर्ने भनि निर्वाचन आयोगले गरेको निर्णय बदर गर्न माग गर्दै परेको रिटमा सुनुवाई हुने सर्वोच्चले जनाएको छ । सर्वोच्चले यसअघि आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
आयोगको निर्णय विरुद्ध भरतपुर १९ मा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार रहेका गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले गएको आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन । फेरि मतदान गर्ने निर्णय गरेपनि आयोगले मिति भने तोकेको छैन ।