Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

चार सय परीक्षार्थीको इपिएस परीक्षा छुट्यो

Sunday, June 11, 2017 National Power

२८ जेठ, काठमाडौं – रोजगार अनुमति प्रणाली (इपिएस) आठौं कोरियन भाषा परीक्षाअन्तर्गत शनीवार पहिलो दिन भएको परीक्षामा परीक्षा केन्द्रसम्बन्धी विवरण फरक पर्दा एक परीक्षा केन्द्रका ४०० परीक्षार्थीको परीक्षा छुटेको छ।

एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट खुमलटारमा परीक्षा केन्द्रको प्रवेशपत्र नम्बरको विवरण अन्यथा पर्न गएकाले सिनं १००७२८७३ देखि १००७३५५८ सम्मका परीक्षार्थीमध्ये केही परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । सो केन्द्रमा ७५० जना परीक्षार्थी रहेकामा ४००को परीक्षा छुटेको हो वैदेशिक रोजगार विभाग, इपिएस शाखाले मानवसंशाधन कोरियासँगको सहमतिमा छुटेका परीक्षार्थीलाई यथाशक्य छिटो परीक्षा दिने व्यवस्था मिलाउन आवश्यक पहल भइरहेको बताए ।

परीक्षामा ७५ हजार ५८० जनाले आवेदन दिएकामा शनिबार राजधानीको २६ वटा केन्द्रमा ३७ हजार बढीले भाषा परीक्षामा सहभागी भए। बाँकीले आइतबार परीक्षा दिनेछन्। बिहान र दिउँसो गरी दुई चरणमा परीक्षा भइरहेको छ। भाषा परीक्षामा सहभागी मध्ये १० हजार २०० जना मात्र उत्तीर्ण हुनेछन्। जसमा कृषि क्षेत्रमा छ हजार २०० र उत्पादनमा चार हजार उत्तीर्ण हुनेछन् । परीक्षामा नौ हजार ७९६ महिला र ६५ हजार ७८४ पुरुषले आवेदन दिएका छन्। एकाउन्‍न हजार २०२ जनाले कृषिमा र २४ हजार ३७८ उत्पादनमा आवेदन दिएका छन्। परीक्षाका लागि कोरियाबाट परीक्षा सञ्चालक ५५ जनाको टोली आएको छ। यसैबीच इपिएस परीक्षा दिनका लागि गएका पिनाकल कलेज, लगनखेल सेन्टरबाट तीनजना, लिटिल एञ्जल कलेज सेन्टरबाट एकजना र एसियन कलेज खुमलटार सेन्टरबाट एकजना गरी पाँचजना नक्कली परीक्षार्थीलाई शनीवार प्रहरीले पक्राउ गरेको छ।