Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

राजपालाई चुनावमा सहभागी गराउन सत्तारुढ दलको प्रयास

Sunday, June 11, 2017 National Power

२८ जेठ, काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) लाई चुनावमा सहभागी गराउन सत्तारुढ दलले आज पनि प्रयास जारी राख्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले राजपाको अध्यक्ष मण्डलका नेतासँग छलफल गर्न लागेका हुन् । बैठकमा राजपाले भनेजस्तो संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्ने सम्भावना नरहेको र पटकपटक सारिएको चुनावको मिति अझै सार्न नसकिने भएकाले राजपाका बाँकी माग पूरा गर्नेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

मधेश आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा, घाइतेको उपचार खर्च र मुद्दा फिर्ता लिने लगायतका विषयमा लचिलो हुने सत्तापक्षले तयारी गरेको छ । संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने बरु चुनावै बिथोल्ने बताउँदै आएको राजपाका नेतालाई पनि चुनावमा भाग लिन पार्टीभित्रै र बाहिरबाट पनि दबाब बढ्दै गएको सत्तारुढ दलका नेताहरुले जनाएको छ । राजपा बाहेकका सवै पार्टीले चुनावको तयारी तीब्र पारिसकेको र २० वर्षपछि हुन लागेको स्थानीय स्तरको चुनाव हुन नदिनु आफ्नो क्षेत्रको विकास विरोधी काम हुने भएकाले माग पूरा गर्न सरकारलाई थप प्रतिबद्ध बनाएर चुनावमा माग लिनुपर्ने दबाब राजपाभित्र पनि बढ्दै गएको छ ।