Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

प्रम देउवा र राजपा नेताहरु बीच भेटवार्ता

Saturday, June 10, 2017 National Power

२७ जेठ, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) का नेताहरु बीच दोस्रो चरणको स्थानीय तहको निर्वाचन र संविधान संसोधन लगायतका विषयमा छलफलको सुरु भएको छ। छलफलका लागि प्रधानमन्त्री देउवाको निमन्त्रणामा राजपा नेताहरु सिंहदरबार पुगेका छन्। संविधान संसोधन नभएमा चुनावमा भाग नलिएर आन्दोलनमा जाने चेतावनी दिएका राजपा नेताहरुलाई वार्ताको लागि प्रधानमन्त्रीले बोलाएका हुन।  देउवाले शुक्रबार संसदमा संवोधन गर्दै दोस्रो चरणको निर्वाचन पछि संसोधन गर्न सकिने बताएका थिए। त्यसलगत्तै राजपा नेताहरुले चुनावमा भाग नलिएर आन्दोलनमा जाने चेतावनी दिएका थिए। यसै बीच शनिबार प्रधानमन्त्री देउवा र राजपा नेताहरु बीच कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन थालेको हो। छलफलको लागि राजपाका नेताहरु सिंहदरबार आएको देउवाका प्रेस संयोजक बद्री सिग्देलले जनाकारी गराए।