Friday 29th March 2024

    पाँचौं नेपाल साँस्कृतिक चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

धारिलो हतियार प्रहार गरी एकजनाको हत्या

Saturday, June 10, 2017 National Power

२७ जेठ, धनुषा – नेपाल–भारत सीमा छेउमा धारिलो हतियार प्रहार गरी धनुषामा एकजनाको हत्या भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–१ एवं साबिकको इनरुवा गाविस–९ को नेपाल–भारत बोर्डर छेउमा गएराति एक पुरुषको हत्या भएको छ ।

गएराति स्थानीय रामबाबु यादवको घरपछाडी अन्दाजी ३० वर्षका पुरुषको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । घटना लगतै स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी गराएका थिए । शव पोष्टमार्टमका लागि राति नै जनकपुर अञ्चल अस्पताल ल्याइएको छ ।

घटनास्थल नेपाल–भारत सीमाको एक सय मिटर भित्र अकोना टोलमा पर्छ । घटनास्थलबाट दुई वटा घडीसमेत बरामद गरेको छ । विवादका कारण घटना भएको हुन सक्ने आशंका गरिएको धनुषाका प्रहरीले जनाएको छ ।हत्या भएका व्यक्तिको सनाखत हुन नसकेपनि घटना सीमा छेउमै भएकाले भारतीय नागरिक हुन सक्ने प्रहरीले बताएको छ । घटनाको विषयमा भारतीय प्रहरीसँग समेत समन्वय गरी अनुसन्धान र दोषीको खोजी भइरहेको छ ।