Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

विप्लवका कार्यकर्ता थुनिँदा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आपत्ती जनाए

Friday, June 9, 2017 National Power

२६ जेठ, काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको भन्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आपत्ती जनाएको छ ।

प्रहरीले चुनावको सुरक्षाका लागि भन्दै बिभिन्न स्थानबाट विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गर्दै आएको छ । वैद्यले चुनावमा भाग लिनु जस्तै बहिस्कार गर्नु पनि लोकतान्त्रिक अधिकार हो भन्दै सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

‘यस प्रकारको अधिकारको उल्लंघन गरी बहिष्कार आन्दोलनमा संलग्न पार्टीका नेता कार्यकर्ताहरुप्रति उक्त प्रकारको व्यवहार गर्नु अत्यन्तै अलोकतान्त्रिक, निन्दनीय र तानाशाही प्रवृत्तिको प्रदर्शन गर्नु हो,’ अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । वैद्यले नेकपाका नेता कार्यकर्ताहरुलाई धरपकड नगर्न र पक्राउ गरिएका तथा थुनामा राखिएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई रिहाई गर्न सरकारसँग माग गरेका छन् ।