Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

सशस्त्र प्रहरी र यातायात मजदूरबीच विवाद

Thursday, June 8, 2017 National Power

२५ जेठ, गोरखा – गोरखामा अवैध कारोबार ढुंगा, गिट्टी, बालुवाको नियन्त्रणमा सक्रिय प्रहरी र यातायात मजदुरबीच विवाद हुँदा खोप्लाङमा गएराति केहीबेर तनाव उत्पन्न भएको छ।

नयाँ साँघुसम्मको दरौंदी बगर अनुगमन गरेर फर्किँदै गरेको सशस्त्र प्रहरीको टोलीलाई यातायात मजदूरहरुले पालुङटार–१ खोप्लाङमा गएराति बाटो छेकेपछि विवाद उत्पन्न भएको हो। त्यसक्रममा यातायात मजदुरहरुले सशस्त्र प्रहरीका डिएसपी राजेन्द्र श्रेष्ठसहितको टोलीलाई गएराति घेराबन्दीमा पारेका थिए।

त्यसपछि प्रहरीले बल प्रयोग गर्‍यो। मादक पदार्थ सेवन गरेर आफूहरुमाथि दुर्व्यवहार गरेपछि त्यसलाई पन्छाउन सामान्य बल प्रयोग गरेको प्रहरीको भनाइ छ। मादक पदार्थ सेवनको आरोप दुवै पक्षले एकअर्कामाथि लगाएका छन्। यसबारे अनुसन्धान गरेर विवाद समाधान गरिने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए।