Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

स्याङ्जाको वालिङ महोत्सवमा ३५ लाख नाफा

Thursday, June 8, 2017 National Power

२५ जेठ, स्याङ्जा – स्याङ्जामा गएको माघ १३ गतेदेखि २३ सम्म भएको गरिएको छैटौं वालिङ महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । वालिङ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको हो ।

वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले १ करोड ३० लाख ९७ हजार ८ सय ३० रुपैयाँ रकम महोत्सवबाट आम्दानी भएको बताए । महोत्सवमा ९५ लाख ९७ हजार १ सय ६८ रुपैयाँ खर्च भएको र ३५ लाख ६ सय ६२ रुपैयाँ रकम संघले वचत गरेको अध्यक्ष पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए।
१ करोड आम्दानी ५० लाख खर्च हुने लक्ष्यका साथ आयोजना गरिएको छैटौं वालिङ महोत्सवमा आम्दानी बढेसँगै खर्च पनि बढेको छ । आयोजकले टिकटबाट ३८ लाख, बालउद्यानबाट १४ लाख, प्रायोजनबाट ३५ लाख लगायत अन्य विविध स्रोतबाट आम्दानी गरेको संघका कोषाध्यक्ष सुदन श्रेष्ठले बताए।
बचत भएको रकमलाई व्यावसायिक क्षमता अभिवृद्धि र बहुउदेश्यीय सामुदायिक भवनमा खर्च गर्ने संघले जनाएको छ । महोत्सव सकिएको चार महिनापछि वालिङ उद्योग वाणिज्यसंघले आय–व्यय विवरण सार्वजनिक गरेको हो ।
वालिङ खेल मैदानमा आयोजना गरिएको महोत्सवमा कृषि तथा हस्तकलालाई विशेष स्थान दिएर प्रदर्शन गरिएको थियो, आँधिखोलालाई थुनेर बनाइएको कृतिम ताल, हेलिकप्टरमार्फत वालिङ तथा आसपास क्षेत्रको अवलोकन गर्ने व्यवस्था एवं प्यारागलाईडिङ विशेष आकर्षणका रुपमा रहेका थिए ।