Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

दुईसय नेता कार्यकर्ताले नेपाली कांग्रेस पार्टी त्यागे

Thursday, June 8, 2017 National Power

२५ जेठ, कपिलवस्तु – नेपाली कांग्रेसका जिल्ला नेतासहित २ सय कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

स्थानीय तह निर्वाचनमा नगरपालिकाको उम्मेदवार चयनको विषयमा पार्टी नेतृत्वले मनोमानी ढंगले टिकट वितरण गरेको भन्दै महाराजगंज नगरपालिका क्षेत्रका झण्डै २ सय नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधी दिर्घनारायण पाण्डेयलाई महाराजगंज नगरपालिकाको मेयर पदमा उम्मेदवार नबनाएको भन्दै नेता पाण्डेयसहितका क्रियाशील सदस्यहरुले पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताएका छन् । यसरी नेता पाण्डेय संगै पार्टी परित्याग गर्नेहरुमा महाराजगंज ईकाई सभापति बलराम यादव, सचिव पशुपति मौर्य, कोषाध्यक्ष हनुमान गुप्ता, क्षेत्रीय सदस्य मुनीराम यादव लगायतका नेताहरु रहेका छन् ।
पछिल्लो संविधान सभा निर्वाचनमा आफू सभासद्को आकांक्षी रहेको, महाराजगंज गाविसका पूर्व अध्यक्ष समेत रही जनताको घरदैलोमा पुगी सेवा गरेको भए पनि आफूलाई पार्टीले मूल्यांकन नगरेका कारण वाध्य भै पार्टी परित्याग गर्नु परेको बताए । नेता पाण्डेय सहित पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरु अहिले कुनै पार्टी प्रवेश भने गरेका छैनन् । नेता पाण्डेयले आफूलाई पार्टीले मेयर पदको उम्मेदवार नबनाए पनि आफू कुनै अन्य राजनैतिक दल वा स्वतन्त्र रुपमै भए पनि स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् ।
नेपाली कांग्रेसले सो नगरपालिकामा पार्टीका कार्यवाहक सभापति अब्दुल कलाम खांलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस ठूलो पार्टी भएका कारण उम्मेदवारको आकांक्षी धेरै जना हुने गरेको र उम्मेदवार बनाउन छुटेका अग्रज कार्यकर्ताहरुलाई अन्य स्थानमा समेट्ने पार्टीले नीति लिएको पार्टीका जिल्ला सचिव महेन्द्र पाठकले बताए ।