Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

विष्फोटक पदार्थसहित विप्लवका दुई कार्यकर्ता पक्राउ

Thursday, June 8, 2017 National Power

२५ जेठ, रौतहट – प्रहरीले विप्लव समूहका कार्यकर्तालाई विष्फोटक पदार्थसहित रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ ।

विप्लवका दुई कार्यकर्ताहरु ३० थान डेटोनेटर, २२ थान जिलेटिन र ४ थान फ्युजसहित चन्द्रनिगाहपुरवाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा सहभागी नभएको बिप्लव समुहले पहिलो चरणको स्थानीय तह निर्वाचन बिथोल्न विभिन्न प्रयास गरिरहेको छ । दोस्रो चरणको निर्वाचन बिथोल्ने प्रयासमा रहेको विप्लव समूहलाई प्रहरीले निगरानीमा राखेको छ ।