२५ जेठ, काठमाडौं – नेपाली कांग्रेसका शिर्ष नेताहरुको बैठक बसिरहेको छ । केन्द्रिय कार्यालय सानेपामा चलिहरेको बैठकमा स्थानीय तहको दोश्रो चरणको चुनाव तथा सरकार गठनका बारेमा छलफल भइरहेको नेताहरुले बताएका छन्।
स्थानीय तहको चुनावमा उम्मेदवार छान्न बाँकी रहेका महानगरपालिका तथा नगरपालिकामा उम्मेदवार टुंगो लगाउने र सरकार विस्तारमा पार्टीभित्रको भागबण्डा मिलाउने विषयमा छलफल भइरहेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बने पनि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ । मन्त्रालय नेताकी मन्त्री बन्न मात्र आग्रह गरिएको भन्दै पौडेल पक्षले मन्त्रीको नाम नपठाएपछि बुधबार देउवाले आफूपक्षका तीनजना नेतालाई मन्त्री बनाएको थियो ।