Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

Thursday, June 8, 2017 National Power


२४ जेठ, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समसामयिक राजनीतिक एवम् सरकार सञ्चालनका विषयमा छलफल गरेका छन् ।

अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा साँझ प्रधानमन्त्री देउवाले सरकार सञ्चालनका विषयमा कुराकानी भएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए ।

देउवाले प्रधानमन्त्रीको पद सम्हालेपछिको प्रमुख सत्तासाझेदार पार्टी माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्तामा आपसी सहमति र सहकार्यका आधारमा अघि बढ्ने विषयमा छलफल गरेका थिए ।