Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

इरानको संसद् भवन र सर्वोच्च नेताको निवासमा गोली चल्यो, केही घाइते

Wednesday, June 7, 2017 National Power

इरानको संसद भवन र सर्बोच्च नेता आयातुल्ला खोमेनीको प्रार्थानास्थलमा सशस्त्र आक्रमण भएको छ ।

इरानी समाचार एजेन्सीहरुका अनुसार एक हतियारधारी व्यक्तिगत संसद भवनभित्र छिरेर सुरक्षा गार्डमाथि गोली प्रहार गरेका थिए । उनी घाइते छन् । घाइतेहरुको सवालमा भने समाचार एजेन्सीहरुबीच विवादित तथ्यहरु आइरहेका छन् ।

त्यस्तै आधुनिक इरानका जन्मदाता आयातुल्लाह खोमेनीको निवासमा पनि गोली चलेको समाचार आएको छ ।

एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार संसदको बैठक सकिएपछि आक्रमण भएको थियो ।

इरानको समाचार एजेन्सी आइआरआइवीले एक संसदलाई उदृत गर्दै भनेको छ कि संसद भवनभित्र एके-४७ जस्ता अत्याधुनिक हतियार बोकेका थुप्रै आक्रमणकारीहरु छन् ।

संसद इलयास हजरातीलाई उदृत गर्दै एजेन्सीले भनेको छ कि त्यहाँ तीन आक्रमणकारी थिए, त्यसमध्ये दुईले कालासिन्कोभ राइफल र एकजनाले पेस्तोल बोकेका थिए ।

समाचार संस्थाले दुईजना सुरक्षा गार्ड घाइते भएको छ । राजधानी तेहरानबाट केहि किलोमिटर दक्षिणमा रहेको खोमेनीको प्रार्थानास्थलमा पनि समान समयमा गोली चलेको समाचारमा जनाइएको छ ।