Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

माइक्रोबसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु, ६ जना घाइते

Tuesday, June 6, 2017 National Power

२३ जेठ, धादिङ – धादिङको पृथ्वीराजमार्ग अन्तरगत थाक्रे गाउँपालिका–२ सिम्लेमा आज माइक्रोबसले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

भैरहवाबाट काठमाडौं जाँदै गरेको लु १ ज २६७४ नम्बरको माइक्रोबसले सडक पेटीमा हिँडेका यात्रुलाई ठक्कर दिएको थियो । पैदलयात्रुलाई ठक्कर दिँदा थाक्रे गाउँपालिका–२, की ३० वर्षकी बन्दना परियारको ज्यान गएको प्रहरीले बताए । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय बासिन्दाले उद्धार गरि काठमाडौंको वीरअस्पताल स्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ ।

घटनापछि स्थानीय बासिन्दाले दिउँसो ३ बजेदेखि पृथ्वीराजमार्ग अवरुद्ध गरि पैदलयात्रुलाई ठक्कर दिने माइक्रो बसमा आगजनी गरिदिएका छन् । दुर्घटना चालकको लापर्वाहीले भएकोले स्थानीय बासिन्दाले सडक अबरुद्ध गर्दै निस्पक्ष छानविनपछि कारबाहीको माग गरेका छन् ।