Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

कतारका विमानमाथि इजिप्ट र साउदी अरेबियाको प्रतिबन्ध

Tuesday, June 6, 2017 National Power


२३ जेठ – कतारसँग कुटनीतिक सम्बन्ध तोडेका इजिप्ट तथा साउदी अरेबियाले आफ्नो कदमलाई थप कडा पारेका छन् । इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्नो हवाई क्षेत्रमा उडन् नदिने भएका छन् । इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्ना हवाई क्षेत्र भएर उड्न नपाउने गरी प्रतिबन्ध लगाएका हुन् । यसअघि अरब क्षेत्रमा अस्थिरता बढाएको भन्दै सात छिमेकी देशले कतारसँग कुटनीतिक सम्बन्ध तोडेका थिए । बहराइन, इजिप्ट, युएई तथा साउदी अरेबियाले कतारसँगको हवाई, स्थल तथा समुद्री बाटो बन्द गरेका छन् । यस्तै यमन, लिबिया र माल्दिभ्सले पनि कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् । कतारले भने बिद्रोही समूह इस्लामिक स्टेट वा अरु कुनै त्यस्ता आतंककारी समूहलाई आफूले समर्थन नगरेको र आफ्नो देशमाथि उठाइएको कदम अनुचित रहेको बताएको छ ।