Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

सडकमा दुर्घटना न्यूनीकरण गर्न फलामे बार लगाइयो

Tuesday, June 6, 2017 National Power

२३ जेठ, डडेल्धुरा – बर्सेनि ७ नं प्रदेशका पहाडी सडकमा सडक दुर्घटनामा परी थुप्रै मानिसले ज्यान गुमाउने र धेरै मानिस अङ्गभङ्ग हुन थालेपछि पहाडी राजमार्गका सडकमा दुर्घटना न्यूनीकरण गर्न फलामे बार लगाइएको छ ।
यातायातको चाप बढी हुने सुदूरपश्चिमका अधिकांश पहाडी राजमार्गमा सडक सुरक्षा सहयोग कार्यक्रमअन्तर्गत सडक दुर्घटना कम गर्न करोडौँको लगानीमा फलामको बार लगाउन सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमको महाकाली राजमार्गअन्तर्गत कैलालीको खानीडाँडादेखि दार्चुलासम्म र जयपृथ्वी राजमार्गमा सडक सुरक्षाका लागि फलामे बार लगाउन सुरु गरिएको छ । सडकको घुम्तीसहित जोखिम क्षेत्रमा फलामको बार लगाउँदा राति बारमा गरिएको पेन्टिङले घुम्तीमा रोडलाइन देखाउने र सामान्य रुपमा गाडीमा समस्या आई ब्रेकफोर्स समेत गरी दुर्घटनाबाट जोगाउने डिभिजन कार्यालय डोटीले जनाएको छ।

सडकमा फलामे बार लगाउँदा यात्रुसहितको गाडी दुर्घटनाको जोखिमबाट जोगिने र चालकलाई समेत दिउँसो र राति गाडी चलाउनमा सहजता भएको जनाइएको छ ।

फलामेबारले मुख्य गरी दुर्घटना न्यूनीकरण गर्ने र पथप्रदर्शन गर्नेसडक डिभिजन कार्यालय बैतडीका डिभिजन प्रमुख ललितजङ्ग खनाले बताए । डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र बझाङका राजमार्गमा जोखिम र घुम्ती भएको स्थानमा फलामे बार लगाउने काम भइरहेको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा सडक सुरक्षाका लागि फलामको बार लगाइएसँगै सडक दुर्घटनामा कमी आउने विश्वास लिइएको छ । फलामको बारका कारण पहाडी सडकमा यातायात सञ्चलनदेखि रातिको समयमा घुम्तीमा यातायात सञ्चालनका लागि सहज हुने बताइएको छ ।