Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

आज देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने

Tuesday, June 6, 2017 National Power

२३ जेठ, काठमाडौं – प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि भरतपुर महानगरपालिकाको मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै  मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ ।

सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन गर्ने सहमति जुटेको हो । प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको एक उम्मेदवार दर्ता छ ।

चौथो कार्यकालका लागि प्रधानमन्त्री हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवालाई संसद्मा झन्डै दुई तिहाइ बहुमतको समर्थन जुटिसकेको छ । देउवालाई सोमबारसम्ममा ३ सय ९१ सांसद्को समर्थन रहेको उनका निजीले जानकारी दिए ।