Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपालस्थित विदेशी कुटनीतिक नियोगका सदस्यलाई मुलुकका आठ सहरमा अवलोकन गराइने

Tuesday, June 6, 2017 National Power

२३ जेठ, काठमाडौँ – निर्वाचन आयोगले दोश्रो चरणअन्तर्गत आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका दिन नेपालस्थित विदेशी कुटनीतिक नियोगका सदस्यलाई मुलुकका आठ सहरमा अवलोकन भ्रमण गराउने भएको छ ।

कुटनीतिक नियोगका सदस्यलाई प्रत्येक सहरका १२ देखि १५ मतदानस्थलमा अवलोकन भ्रमण गराउने व्यवस्था मिलाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

कुटनीतिक नियोगका प्रमुख एवम प्रतिनिधिलाई प्रदेश नम्वर १ मा विराटनगर र धनकुटा, प्रदेश नम्बर २ मा जनकपुर र बर्दिबास, प्रदेश नम्बर ५ मा भैरहवा र पाल्पा तथा प्रदेश नम्बर ७ मा धनगढी र डडेलधुरामा अवलोकन भ्रमण गराउने व्यवस्था मिलाइने उनले जानकारी दिए ।

सो दिन अवलोकन गर्न चाहने कुटनीतिक नियोगका सदस्यका लागि आवश्यक सवारी साधनको व्यवस्था सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट तथा अवलोकन गराउने मतदानस्थलको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीले टुङगो लगाउने छन् ।

आयोगले वैशाख ३१ मा सम्पन्न भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका १२ वटा कुटनीतिक नियोगका सदस्यलाई काठमाडाँै उपत्यकामा मात्रै अध्ययन भ्रमणका लागि अनुमति दिएको थियो ।

सो क्रममा नेपालस्थित अस्ट्रेलिया, थाइल्यान्ड, फिनल्यान्ड, म्यानमार, पाकिस्तान, जापान, फ्रान्स, इजरायल, कोरिया, चीन, बङ्गलादेश र भारतीय राजदूतावासका प्रमुख एव्म प्रतिनिधिलाई निर्वाचनको अध्ययन भ्रमण गर्ने व्यवस्था मिलाएको थियो ।

पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन मुलुकका तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा भएको थियो । उक्त निर्वाचनमा ७४ प्रतिशत मतदाता सहभागी भएका थिए ।

दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्लाका ४६१ स्थानीय तहमा आगामी असार १४ गते बुधवार विहान ७ देखि अपरान्ह ५ बजेसम्म हुने छ । उक्त निर्वाचनका लागि ९० लाख ९७ हजार ५५७ मतदाता रहेका छन ।