Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

गोसाइँकुण्डमा लाग्ने गङ्गादशरा पर्वमा पाँच हजार भक्तजन

Tuesday, June 6, 2017 National Power

२३ जेठ, रसुवा – पवित्र तीर्थ गोसाइँकुण्डमा लाग्ने यस वर्षको गङ्गादशरा पर्वमा झण्डै पाँच हजार भक्तजनले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

मेला अवधिभर यही जेठ १२ गते पहिलो दिन एक महिला भक्तजनको डुबेर निधन भएको र अन्य सबै यात्रु सकुशल फर्किएको प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले बताए । गङ्गादशहरा पर्वअन्तर्गत तीर्थ गर्न आउनुभएका नुवाकोट विदुर–८, बगुवाका रामप्रसाद रिमालले नेपाल टेलिकमको नेटवर्क नचल्दा पहाड चढ्दा बिरामी अवस्था परे घरपरिवारलाई खबर र गम्भीर अवस्था परेमा छिटो उपचारार्थ लान हेलिकप्टर झिकाउनसमेत समस्या देखिएकाले सञ्चारको व्यवस्थामा विशेष ध्यान दिन सम्बन्धित निकायलाई सुझाव दिए ।

पौराणिक कालमा राजा भगीरथले आफ्ना ६० हजार छोराको मुक्तिका लागि तपस्या गरी गङ्गा(भागीरथी) नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ । यो दश प्रकारका पाप नाश हुने भनी गङ्गा स्नान गरिने ज्येष्ठ शुक्ल दशमीको दिन पनि हो । समुद्री सतहबाट १४ हजार १०० फिको उचाइमा अवस्थित धार्मिक पौराणिक गोसाइँकुण्डमा दशहरा र रक्षाबन्धनका अवसरमा विशेष मेला लाग्छ ।

समुद्रमन्थनबाट प्राप्त हलाहल विषको सेवनबाट डाह भई शीतलता प्राप्त गर्न पार्वतीको माइती हिमालय पर्वतमा जान हिँडेका शिवले नीलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगी नीलखेतमा जम्दा गोसाइँकुण्ड उत्पत्ति भएको र शिव त्यहीँ शयन गरेको बताइन्छ ।

शिवलाई गोसाइँकुण्डमा शयन गरेको अवस्थामा अहिले पनि देखिने भक्तजन बताउँछन् । गोसाइँकुण्ड जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने तीर्थ मानिन्छ ।