Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

गुण्डा  नाइके राजु गोर्खाली र देबेन्द्र केसी पक्राउ

Monday, June 5, 2017 National Power

२२ जेठ, काठमाडौँ – काठमाडौं प्रहरीले गुण्डा नाइके राजु गोर्खाली र ‘गुरु’ उपनामले चिनिले देवेन्द्र केसीलाई नियन्त्रणमा लिएको छ । दुवैलाई राजधानीको सुन्धारा क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छबिलाल जोशीले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर प्रमुखको रुपमा जोशीको सरुवा भएसँगै उनले गुण्डागर्दी बिरुद्ध अप्रेशन शुरु गरेका थिए । यसअघि दिकप मनाङ्गे, चक्रे मिलन लगायतका दर्जनबढी गुण्डालाई कारवाही गरेका जोशीले आज गोर्खालीलाई पक्राउ गर्नुको कारण खुलाउँदै भने, ‘यीनीहरु मोटाए कि दुब्लाए ? दाह्रा, नङग्रा पलाएको छ कि छैन हेर्नुपर्यो नी ’

सञ्चयकोषको स्वामित्वमा रहेको काठमाडौं मल बाहुबली प्रयोग गरेर ठेक्कामा लिएका गोर्खाली उक्त भवनमा पसलहरु भाडामा लगाउने र भाडा उठाउने काम गर्दै आएका थिए ।
सुन्धारा देखि चावहिलसम्म आफ्नो गुण्डागर्दीको धन्दा फैलाएका गोर्खाली बिरुद्ध सार्वजनिक अपराधमा म्याद लिएर अनुसन्धान गरिने एसएसपी जोशीले जानकारी दिए ।