Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदैै

Monday, June 5, 2017 National Power

२२ जेठ, काठमाडौं – आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदैैछ । ‘संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिन्छ । विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन ।

सोही दिवसको अवसरमा प्रधानमन्त्री दाहालले प्राकृतिक वातावरणको संरक्षण गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई विशेष अनुरोध गर्दै दिवसले सबैलाई स्वच्छ, स्वस्थ र सन्तुलित प्रकृति र प्राकृतिक वातावरणका लागि हार्दिक कामना गरेका छन ।

प्रधानमन्त्री दाहालले पृथ्वी र प्रकृति सबैको साझा भएको, मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अङ्ग भएको हुँदा यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी भएको सन्देश दिए।

नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको प्रधानमन्त्रीको भनाइ छ । यद्यपि, बढ्दो सहरीकरणसँगै नेपालमा वातावरण प्रदुषण बढ्दै गएको  छ ।